मेरो स्वास्थ्य सामान्य छ : वडाअध्यक्ष रिजाल


मेरो स्वास्थ्य सामान्य छ : वडाअध्यक्ष रिजाल

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा पहिलोपटक जनप्रतिनिधीलाई कोरोना भाइरस संक्रमण देखिएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता समेत रहेका वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजाललाई कोरोना भाइरस संक्रमण देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण देखिएको हो । कोरोना भाइरस संक्रमण देखिएसगैं उनी यतिबेला बाँकेको खजुरा गाउँपालिका स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा बनाइएको कोरोना बिशेष आइसोलेसनमा उपचाररत छन् ।

कोरोना बिशेष आइसोलेसन अस्पतालबाटै वडाबासीका लागि सन्देश दिदै वडाध्यक्ष रिजालले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जिकिर गरेकाछन् ।

कोरोना बिशेष आइसोलेसन अस्पतालबाट नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता एवम वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले सार्वजनिक गरेको सन्देश जस्ताको त्यस्तै :

वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज मिति २०७७ साउन १९ गते मलाई कोरोनाको संक्रमण देखियो । हाल खजुरास्थित कोरोना बिशेष आइसोलेसन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको छु । हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद ।
प्रमोद रिजाल
वडा अध्यक्ष वडा नम्बर १ एवम
प्रबक्ता
नेपालगन्ज उपमहानगरपालिका

कोरोना संक्रमण देखिएसगैं उपचाररत वडाअध्यक्षलाई सेतोखरी परिवारका तर्फबाट शिघ्र स्वास्थ्य लाभको शुभकामना ।