नेपालगन्ज : सोमबार देशभर ४१८ जनामा कोरोना संक्रमण देखिएकोछ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ । त्यसैगरी कोरोना निको हुनेको संख्या १४ हजार ९६१ पुगेको उनले जानकारी दिए । भने हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार प्रदेश १ मा २९० जना, प्रदेश २ मा दुई हजार ३५७ जना, बागमती प्रदेशमा ६५१ जना, गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३१५ जना, कर्णाली प्रदेशमा २९८ र सुदुरपश्चिम प्रदेशमा एक हजार ५४९ जना सक्रिय कोरोना संक्रमित उपाचारत रहेका छन् ।