नेपालगन्ज : बाँकेमा जारी निषेधाज्ञा बढाइएको छ । कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि निषेधाज्ञा बढाइएको हो ।
जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले आगामी शनिबारसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
समुदाय स्तरमै कोरोना पोजेटिभ केस बढ्दै गएपछि जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको आज बसेको बैठकले आईतबारदेखि जारी निषेधाज्ञा आगामी शनिबार रातीसम्म जारी रहने प्रजिअ कुरुम्वाङ्गले बताए ।
जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकमा निषेधाज्ञा हटाउने की थप गर्ने भन्ने विषयमा छलफल हुदाँ थप केही दिन निषेधाज्ञा लम्बाउने निर्णय गरिएको हो ।
पछिल्लो ५ दिनमा ६२ जानामा कोरोना संक्रमण देखिएपछि बाँके प्रशासनले शनिबार रातीदेखि तीन दिनका लागि निषेधाज्ञा लगाएको थियो ।