बाँकेमा थप ११ जनामा संक्रमण पुष्टि, देशभरबाट ६५ जना डिस्चार्ज
नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमित संख्या २१ हजार बढी पुगेकोछ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण थपिएसगैं नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको हो ।
देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वरी गौतमले जानकारी दिए ।
देशभर ७ हजार ६ सय ८७ जनामा गरिएको पीसिआर परीक्षणमा क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए ।
आज थपिएका सहित नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ जना पुगेको छ । भने मंगलबार ६५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मङ्गलबार सबैभन्दा धेरै काठमाडौंमा कोरोना संक्रमित थपिएका छन् । मङ्गलबार काठमाण्डौंमा ४८ जना संक्रमित थपिएका हुन् ।
यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३÷१३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७÷७ जना र रौतहटका ६ जनालाई कोरोना संक्रमण भएको छ ।
गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २र२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।