नेपालमा कोरोना संक्रमितको संख्या २२,३९० पुग्यो


नेपालमा कोरोना संक्रमितको संख्या २२,३९० पुग्यो

नेपालगन्ज : बुधबार नेपालमा थप ३८१ कोरोना भाइरस संक्रमित थपिएकाछन् । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

देशका विभिन्न प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएसगैं नेपालमा कोरोना संक्रमित संख्या २२ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार नेपालमा हालसम्म ६० जना संक्रमितको मृत्यु भएको छ । भने देशभरका आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । यस्तै बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।