नेपालगन्ज : हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेकोहो ।
पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएकोछ । मृत्यु हुनेमा मोरङका २ जना, सर्लाही, धनुषा र सप्तरीका एक/एक जना रहेकाछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गका क्रममा बोल्दै मोरङका ४५ वर्षीय पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको र उनमा कोरोना परीक्षणबाट पोजेटिभ देखिएको बताए । यस्तै मोरङकै अर्का ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको उनले बताए ।
त्यसैगरी सर्लाही ६५ वर्षीया महिला साउन २१ गते काठमाडौंको बलम्बुमा मृत्यु भएको छ । धनुषाका ७२ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको र उनका पनि कोरोना देखिएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । उनको साउन १७ बिहान ३ ः४८ बजे निधन भएको हो ।
यस्तै सप्तरीमा ४२ वर्षीय पुरुषको साउन २१ गते राति निधन भएको छ । योसगैं नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेकोछ ।
यसैगरी मन्त्रालयका अनुसार बिहीबार नेपालमा थप ३६० कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ३६० संक्रमित थपिएका हुन् ।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ । भने बिहीबार थप २३३ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३५८, प्रदेश २ मा २ हजार ६९३, वागमती प्रदेशमा ८३५, गण्डकी प्रदेशमा २८०, प्रदेश ५ मा ३७७, कर्णलाी प्रदेशमा २६३ र सुदूरपश्चिममा एक हजार ४९० सक्रिय कोरोना संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका क्वारेन्टिनमा ९ हजार ४७० मानिसहरु रहेका छन् ।
बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । देशभर सक्रिय संक्रमितको ६ हजार २९६ संख्या रहेको छ ।