नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुरसिहं थारुलाई युनियनको ध्यानाकर्षण पत्र बुझाउदै युनियन बाँकेका अध्यक्ष अर्जुन ओली । तस्विर : सेतोखरी
नेपालगन्ज : जिल्लामा सक्रिय रहेका पत्रकार तथा सञ्चारकर्मीलाई पत्रकार महासंघको सदस्यताबाट बञ्चित नगर्न नेपाल प्रेस युनियन बाँकेले ध्यानाकर्षण गराएको छ ।
महासंघले वितरण गरेको नयाँ सदस्यता आबेदन तथा नविकरणमा युनियन लगायत थुपै्र पत्रकार तथा सदस्यहरु छुटेको गुनासो बढेपछि नेपाल प्रेस युनियन बाँकेले महासंघलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
महासंघ सदस्यताका लागि आवश्यक प्रकृया पुरा गरेर आवेदन दिदा समेत महासंघले नबुझेपछि त्यस्ता पत्रकारको सदस्यता अविलम्ब बुझिलिन भन्दै युनियनले बिहीबार महासंघ कार्यालयमै पुगि महासंघ अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिए ।
महासंघ बाँकेले हालै गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको युनियनले जनाएको छ । नयाँ सदस्यताका लागि फाराम भर्न आब्हान गरेको समायवधि बाँकी रहेकाले शाखाले गरेको उक्त निर्णयबाट जिल्लाका अधिकांस पत्रकार तथा सञ्चारकर्मी बञ्चित हुन सक्ने सम्भावना रहेको उल्लेख गरेको छ ।
युनियन अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा बिहीबार पुगेको युनियन टोलीले महासंघले खुला गरेको नयाँ सदस्यता आवेदनमा जुनसुकै पत्रकारहरुले दिएको आबेदन अबिलम्व बुझिदिन युनियनले महासंघ बाँकेसँग माग गरेको छ । ध्यानाकर्षण पत्र हस्तान्तरण गरिसकेपछि युनियन बाँकेका अध्यक्ष ओलीले कुनैपनि बहानामा सक्रिय पत्रकारलाई महासंघको सदस्यताबाट बञ्चित गर्न नहुने बताए ।
‘कोरोना माहामारीमा सिमित पत्रकार फ्रन्टलाईनमा रहि कार्य गरिरहेको अवस्थामा अधिकांस पत्रकारहरुलाई सदस्यता फाराम बुझाउनबाट बञ्चित गराइएको अवस्था छ, जिल्लामा सक्रिय रुपले काम गरिरहेका पत्रकारले महासंघको सदस्यता पाउनुपर्छ,’ उनले भने । महासंघले नयाँ सदस्यता वितरणमा पक्षपात गरेमा स्वीकार्य नहुने युनियन बाँकेका अध्यक्ष ओलीले चेतावनी दिए ।
युनियनद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमो नयाँ सदस्यताका लागि महासंघ बाँके शाखाले आब्हान गरेको सूचना जिल्लामा क्रियाशिल अधिकांस पत्रकार तथा सञ्चारकर्मीलाई जानकारी नभएको, कोरोना भाइरस (कोभिड–१९) महामारीको विषम परिस्थिती यथावत रहेको र पत्रकार महासंघ केन्द्रिय समितिले समेत नयाँ सदस्यताका लागि फाराम भर्न आब्हान गरेको समायवधि बाँकी रहेकाले शाखाले गरेको उक्त निर्णयबाट जिल्लाका अधिकांस पत्रकार तथा सञ्चारकर्मी नयाँ सदस्यता पाउनबाट बञ्चित हुन सक्ने सम्भावना रहेको उल्लेखछ ।
ध्यानाकर्षण पत्र बुझिसकेपछि महासंघ बाँकेका अध्यक्ष थारुले जिल्लामा सक्रिय रुपले काम गरिरहेका कुनैपनि पत्रकारलाई सदस्यताबाट बञ्चित नगर्ने प्रतिवद्धता जनाए । अहिलेसम्म प्राप्त भएका फाईललाई छानविन गरी महासंघको मापदण्ड अनुसार सदस्यता दिइने उनको भनाई थियो । सदस्यता वितरणमा कसैलाई पनि पक्षपात नगर्ने भन्दै अध्यक्ष थारुले युनियन बाँकेले बुझाएको ध्यानाकर्षण पत्रप्रति गम्भीर रहेको बताउँदै यसका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
युनियनको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका सचिव तिलक गाउँले, सहसचिव सकिल अहमद कादरी, युनियन बाँकेका उपाध्यक्षद्वय समीरमान श्रेष्ठ र विनयराज त्रिपाठी, युनियन र महासंघका सदस्य लगायतको उपस्थिती रहेको थियो ।
हेर्नुस युनियन बाँकेको ध्यानाकर्षण पत्र
