नेपालगन्ज : बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
भेरी अस्पताल नेपालगन्जले सार्वजनिक गरेको तथ्यांक अनुसार बाँकेमा ४९ जना सहित ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणका क्रममा शुक्रबार दिउँसो बाँकेका ४९, बर्दियाका १ र रुकुमका १ गरी ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
पछिल्लो २४ घण्टामा परीक्षण गरिएका ३ सय १२ नमुना मध्ये ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।