नेपालमा कोरोना संक्रमित संख्या २२५९२ पुग्यो


नेपालमा कोरोना संक्रमित संख्या २२५९२ पुग्यो

नेपालगन्ज : शनिबार नेपालमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको सख्ंया २२ हजार ५ सय ९२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ३ सय १३ उपचारपछि निको भएका छन् । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ ।

हाल ६ हजार २ सय ६ जना संक्रमितको नेपालमा उपचार भइरहेको छ । भने देशभर हाल १० हजार ७ सय ९२ जना क्वारेन्टिनमा छन् । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सार्वजनिक रिपोर्ट अनुसार काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् । ललितपुर र भक्तपुरमा ३/३ जना थपिएका छन् ।

यस्तै पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७/७ जना तथा मकवानपुरका ६ जनमा संक्रमण पुष्टि भएको छ ।

रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४/४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३/३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २/२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एक–एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।