File Photo
नेपालगन्ज : बाँकेमा आईतबार ४६ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक सहित ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि वडा प्रहरी कार्यालयका प्रहरीलाई कोरोना भाइरस देखिएपछि वडा सिल गरिएको थियो ।
सिल गरिएको वडा प्रहरी कार्यालयका प्रहरी, थुनुवा र प्रहरीका परिवार गरि ८० जनाको स्वाब परीक्षण गरिएको थियो ।