नेपालगन्ज : आईतबार नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २२ हजार ९७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै देशभरबाट पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । आईतबार डिस्चार्ज भएका ४० जनासहित नेपालमा हालसम्म १६ हजार ३ सय ५३ उपचारपछि निको भएका छन् ।