नेपालगन्जः नेपालगन्ज मेडिकल कलेजका दुई डाक्टर सहित २० जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ ।
भेरी अस्पताल नेपालगन्जमा भएको पीसिआर परीक्षणमा नेपालगन्ज मेडिकल कलेज (नर्सिङ्ग होम)का दुई डाक्टर सहित थप २० जनामा कोरोना भाइरस पोजिटिभ पाइएको हो ।
आईतबार साँझदेखि सोमबार मध्यान्ह १२ बजेसम्म भएको पीसिआर परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा बाँकेका १५, दाङका १, कैलालीका २, बर्दियाका १ र सल्यानका १ जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेमा नेपालगन्ज मेडिकल कलेजबाट लिइएको स्वाबमा दुई जना चिकित्सकसहित ७ जनामा कोरोना देखिएकोछ । यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जबाट लिइएको स्वाबमा ६ जना, ३ जना डुडुवा गाउँपालिका र दुई जना नेपालगन्ज उपमहानगरपालिकाका संक्रमित रहेकाछन् ।