नेपालमा कोरोना संक्रमित संख्या २३ हजार नाघ्यो


नेपालमा कोरोना संक्रमित संख्या २३ हजार नाघ्यो

नेपालगन्ज : नेपालमा कोरोना संक्रमित संख्या २३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसगैं नेपालमा कोरोना संक्रमित संख्या २३ हजार माथि पुगेको हो ।

देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सोमबार मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गका क्रममा थप ३३८ जनामा कोरोना संक्रमण देखिएको बताए । उनले योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३१० जना पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप १ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ४९३ उपचारपछि निको भएका छन् ।