नेपालगन्ज : कोरोना संक्रमणबाट बाँकेमा फेरी एकजना पुरुषको मृत्यु भएकोछ ।
कोरोना संक्रमित ती पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
अछाम चौरपाटी निवासी ५० वर्षिय ती पुरुषलाई विरामी भएपछि कोहलपुर स्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
उनको उपचारको क्रममा आईतबार साँझ ७ः३० बजे मृत्यु हुन पुगेको थियो ।तर, ती पुरुषलाई कोरोना पोजेटिभ भएको सोमबार मात्र थाहा भएको प्रजिअ कुरुम्वाङ्गले जानकारी दिए ।
बाँकेमा आईतबार नै एक महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमै कोरोनाबाट मृत्यु भएको थियो । हालसम्म बाँकेमा कोरोनाबाट ४ जनाको मृत्यु भइसकेको छ ।