६३८ जना कोरोना संक्रमित थपिदाँ १७१ जनाले कोरोना जिते


६३८ जना कोरोना संक्रमित थपिदाँ १७१ जनाले कोरोना जिते

नेपालगन्ज : मङ्गलबार नेपालमा थप ६३८ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएकोछ ।

देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट नेपालमा थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९ सय ४८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप १ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ६ सय ६४ जना उपचारपछि निको भएका छन् । भने ८१ जनाले ज्यान गुमाइसकेकाछन् ।