अख्तियारका प्रमुख आयुक्त घिमिरे। फाइल तस्बिर
काठमाण्डौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।
घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो । केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो ।
त्यो दिनदेखि उनी कार्यालय आएका छैनन् । स्रोतका अनुसार उनी घरै आइसोलेसनमा बसेका छन् । अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।
उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन् ।
अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ । उनीहरूको रिपोर्ट अझै आउन बाँकी छ । -सेतोपाटीबाट