नेपालगन्ज : निषेधाज्ञासगैं बन्द भएका नेपालगन्जका बैंकहरु खोल्न निर्देशन दिइएकोछ । कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि सरकारले अपनाएको मापदण्डलाई पूर्णरुपमा पालना गरि बैंक तथा वित्तिय संस्था खोल्न बाँके प्रशासनले निर्देशन दिएको हो ।
कोरोनाको बढ्दो संक्रमण सगैं जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेपछि नेपालगन्जका बैंकहरु बन्द हुन पुगेका हुन् । तर, स्थानीय प्रशासनले नेपालगन्जमा सिल गरेको क्षेत्रहरु खोलिएसगैं बैंकहरु पनि खुल्न पाउने व्यवस्था अघि सारेकोछ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार आज साउन २८ गते बैंक तथा वित्तिय संस्थाले आफ्ना कार्यालयमा स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरि भोली साउन २९ गते बिहीबारदेखि बैंक तथा वित्तिय संस्था खोल्न पाउने प्रबन्ध मिलाएको बताए ।
उनले भने–‘बिहीबारदेखि नेपालगन्जका बैंक तथा वित्तिय संस्थाहरु खुल्न पाउने छन् । तर, संक्रमणलाई मध्यनजर गर्दै सम्पूर्ण मापदण्ड भने बैंक तथा कर्मचारीले पालना गर्नुपर्नेछ ।’ कोरोना भाइरस संक्रमणका बिच यसरी खोलिएका बैंकहरुले मापदण्ड पालना नगरेको भेटिए बैंकहरु पुनः बन्द गराइने प्रजिअ कुरुम्वाङ्गले सेतोखरीलाई बताए ।