सिल खोलिएकै दिन नेपालगन्जका ४ जनामा कोरोना पुष्टि


सिल खोलिएकै दिन नेपालगन्जका ४ जनामा कोरोना पुष्टि

नेपालगन्ज : नेपालगन्जमा जारी सिल हटाइएकै दिन ४ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ ।

यसरी कोरोना संक्रमण देखिनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का ३ जना र वडा नम्बर १८ का १ जनामा कोरोना पुष्टि भएकोछ ।

यो क्षेत्रमा कोरोना भाइरस संक्रमण समुदायमै फैलिएपछि बाँके प्रशासनले सिल गरेको थियो । भने उक्त सिल एरिया आजबाट खुला गरिएकोछ ।

यस्तै भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणका क्रममा नेपालगन्जका ४ गरि बाँकेमा थप १० जनामा कोरोना देखिएको हो ।

बुधबार कोरोना भाइरस पोजेटिभ देखिनेमा नेपालगन्ज उपमहानगरपालिकाका– ४ जना, खजुरा गाउँपालिकाका– २ र कोहलपुर कौसिलानगरका– ४ जना रहेको भेरी अस्पताल नेपालगन्जले जनाएकोछ ।

यस्तै भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणका क्रममा बर्दियाका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा गुलरिया नगरपालिकाका २ र बढैयाताल गाउँपालिकाका १ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।