नेपालगन्ज : बुधबार देशका ४ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जना संक्रमित थपिएका हुन् ।
यस्तै देशभरका विभिन्न अस्पतालबाट ६४ जनाले कोरोना भाइरस जितेर डिस्चार्ज भएका छन् । योसगैं हालसम्म देशमा १६ हजार ७२८ जना डिस्चार्ज भएका छन् । भने हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १४ रहेको मन्त्रालयले जनाएकोछ ।
यसैगरी देशभरको तथ्यांकलाई हेर्दा प्रदेश–१ मा ६ सय १४, प्रदेश २ मा ३ हजार ४ सय ५७, वागमती प्रदेशमा १ हजार ५ सय २४, गण्डकी प्रदेशमा २ सय ४७, प्रदेश–५ मा ६ सय ५७, कर्णाली प्रदेशमा २ सय २० र सुदूरपश्चिम प्रदेशमा ८ सय ९४ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ७३ हजार १ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएकोछ ।
आज (बुधबार) सम्म देशभर १४ हजार ८ सय ४६ जना क्वारेन्टिनमा रहेका छन् । यसअघि गत बुधबार देशभर ३ सय ८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १ सय ३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३ सय ६० कोरोना संक्रमित थपिएका थिए भने २ सय ३३ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शुक्रबार ४ सय ६४, शनिबार ३ सय ७८ र आइतबार ३ सय ८० कोरोना भाइरस संक्रमित थपिएका हुन् ।
सोमबार देशभर ३ सय ३८ संक्रमित थपिएका छन् भने १ सय ४० जना डिस्चार्ज भएका छन् । मंगलबार भने कोरोना संक्रमितको संख्याम अधिक वृद्धि भएको थियो । देशभर मंगलबार ६ सय ३८ संक्रमित थपिएका थिए भने १ सय ७१ जना डिस्जार्च भएका थिए । हालसम्म देशभर ८७ जनाको मृत्यु भइसकेकोछ ।