कर्णाली नदीको तटबन्ध भत्कियो, तीनहजार घरपरिवार जोखिममा


कर्णाली नदीको तटबन्ध भत्कियो, तीनहजार घरपरिवार जोखिममा

File Photo

नेपालगन्ज : वर्षासगैं कर्णाली नदीमा पानीको सतह बढेपछि नदी तटिय क्षेत्र जोखिममा परेकोछ । नदीमा बढेको पानीका कारण कटान तिव्र परेपछि बर्दिया राजापुर बजार नजिकैरहेको तटबन्ध भत्किएको छ । बजारदेखि करीब एक किलोमिटर पश्चिम रहेको नदीको तटबन्ध भत्किँदा सो क्षेत्रका घरपरिवार जोखिममा परेकाछन् । उक्त क्षेत्रमा तीन हजार घरपरिवार रहेकाछन् ।

नदीमा पानीको बहाव बढ्दै गएपछि जुनसुकै बेला पानी बस्तीमा पस्नसक्ने भएकाले राजापुर नगरपालिका वडा नम्बर ३, ४ र ७ का बासिन्दालाई उच्च सावधानी अपनाउन बर्दिया प्रशासनले आग्रह समेत गरेको छ ।

नदीमा जल सतह बढ्दै गए बस्तीमा पानी पस्नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरिएको बताए । उनले स्थायी तटबन्धका लागि कर्णाली नदी व्यवस्थापन आयोजनासँग समन्वय भइरहेको बताए । यद्यपी मौसममा आएको परिर्वतनसगैं बाँके बर्दिया लगायतका क्षेत्र र पहाडी क्षेत्रमा वर्षा भइरहेकोछ ।