बजारमा प्रशासनको अनुगमन

माक्स नलगाएको भेटिए जरिवानासहित पसल बन्द


माक्स नलगाएको भेटिए जरिवानासहित पसल बन्द

File Photo

नेपालगन्ज : कोरोना भाइरस नियन्त्रणका लागि बाँके प्रशासनले बजार अनुगमन थालेको छ ।

बजार अनुगमनका क्रममा पसल, व्यवसायीहरुले माक्स नलगाएको भेटिए तत्तकाल कारबाही गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।

उनले सेतोखरीसंग कुरा गर्दै भने–‘कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बजार अनुगमन थालिएकोछ । सो क्रममा माक्स नलगाई पसल सञ्चालन गरेको पाइएमा जरिवाना सहित तत्काल पसल बन्द गरिनेछ ।’

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यसअघि गरेको निर्णय अनुसार खोल्न बन्देज गरिएका पसल खोलेको भेटिए तत्काल जरिवानासहित पसल बन्द गराईने बजार अनुगमन समितका सदस्य भीम रानाभाटले जानकारी दिए ।

उनका अनुसार प्रशासनको निर्णय विरुद्ध खोल्न बन्द गराइएका पसल ब्यवसाय खोलेको पाइएमा जरिवाना स्वरुप एकसय रुपैयाँ तिराई पसल बन्द गरिने उनले बताए ।