एनआइसीको कार्ड अफरः बुबाको मुख हेर्ने दिन उपहार किन्दा ३० प्रतिशत छुट


एनआइसीको कार्ड अफरः बुबाको मुख हेर्ने दिन उपहार किन्दा ३० प्रतिशत छुट

नेपालगन्ज : बुबाको मुख हेर्ने दिनलाई लक्षित गरि एनआइसी एशिया बैंकले आकर्षक छुट योजना ल्याएकोछ ।

कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै एनआइसी एशिया बैंकले आफ्ना ग्राहकलाई ३० प्रतिशत छुट दिने योजना ल्याएको हो ।
एनआइसी एशिया बैंकको मोबाइल बैंङ्किङ र कार्ड (डेबिट तथा क्रेडिट)बाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न पाउनेछन् ।
बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस्तो योजना ल्याएको हो ।

पछिल्लोपटक कोरोना भाइरस संक्रमण बढेसगैं यसको रोकथाम र न्यूनिकरणका लागि मोबाइल बैंङ्किङ र कार्ड (डेबिट तथा क्रेडिट)बाट कारोबार रकम भुक्तानी बढ्दो छ ।

हरेक वर्ष कुशे औंसीको दिन देशभर आफ्ना बाबुलाई मनपर्ने परिकार, कपडा वा बाबुलाई मनपर्ने सामग्री उपहार दिएर आफ्ना पिताको सम्मानमा यो चाड मनाउने गरिन्छ । सोहीअनुरुप ग्राहकहरूलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्रीहरू खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग साझेदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको बैंकले जनाएको छ ।

ग्राहकले बैंकसँग सो अवधिमा आबद्ध भएका विभिन्न १४ वटा मर्चेन्टहरूमार्फत विभिन्न इलेक्ट्रोनिक समाग्रीहरू, कपडा, केक, मिठाइ लगायतका सामग्रीहरू खरिद गर्दा उक्त छुट दिइएको हो ।

डिजिटल बैंङ्किङ क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न बान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न यस्ता योजना ल्याएदै आएको जनाएकोछ ।