जमुनाह नाकाबाट भारतीय माछा, दुध र हरियो तरकारी भित्र्याउन रोक


जमुनाह नाकाबाट भारतीय माछा, दुध र हरियो तरकारी भित्र्याउन रोक

नेपालगन्ज : बाँके प्रशासनले नेपाल–भारत सीमा जमुनाह नाका भएर नेपाल भित्रिने भारतीय माछा, दूध र हरियो तरकारीमा रोक लगाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यो निर्णयसगैं अब भारतबाट जमुनाह नाकाहुदै नेपाल भित्रिने माछा, दूध र हरियो तरकारी पूर्णरुपमा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

उनका अनुसार जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका प्रमुखसहितको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।