नेपालमा बन्द भारतीय च्यानल खुले


नेपालमा बन्द भारतीय च्यानल खुले

नेपालगन्ज : नेपालविरूद्ध लगातार अवाञ्छित सामग्री प्रसारण गर्न थालेपछि नेपालमा प्रसारण बन्द गरिएका भारतीय च्यानहरूमाथिको बन्देज फुकुवा गरिएकोछ ।

यसअघि केवल अपरेटरहरूले ४ वटाबाहेक अन्य भारतीय च्यानलको प्रसारण खुलाएका थिए । तत्काललाई आजतक, जी–न्युज, एबिपी न्यूज, इन्डिया टिभीलगायतका चार च्यानल बन्द गरिएको थियो ।

केवल अपरेटरहरूको बैठकले भारतीय समाचार च्यानल जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी लगायतका च्यानलमाथिको बन्देज फुकुवा भएको हो ।

यसअघि नेपालमा प्रसारण बन्द भएपछि जी न्यूजले आफूबाट गल्ती भएको भन्दै नेपालसँग माफी समेत मागिसकेको छ ।