घर भागेकी कोरोना संक्रमित सिटी प्यालेसको आइसोलेनमा फर्किन


घर भागेकी कोरोना संक्रमित सिटी प्यालेसको आइसोलेनमा फर्किन

नेपालगन्ज : कोरोना पोजेटिभ देखिएपछि नेपालगन्जको धम्बोझी चोक स्थित सिटी प्यालेस होटलको आइसोलेसनमा बसेकी कोरोना संक्रमित पुनः आइसोलेसन फर्केकी छन् ।

६ दिनदेखि सिटि प्यालेसको आइसोलेसनमा बसेकी ती कोरोना संक्रमित महिला सोमबार राती १२ बजेतिर आइसोलेसनबाट भागेर न्यूरोड छेउमा रहेको आफ्नो घरमा गएर बसेकी थिइन । सेतोखरीमा उनी आइसोलेसनबाट भागेको समाचार प्रकाशित भएपछि प्रहरीले उनको खोजी गरेको थियो  

होटलका कर्मचारीले ती महिलाको घरमै गएर उनलाई पुनः होटलमा लिएर गएको छिमेकीहरुले सेतोखरीलाई जानकारी दिए । सिटी प्यालेस आइसोलेसन नजिकै उनको घर रहेको छ ।

कोरोना संक्रमित महिला सिटी प्यालेस होटलको पछाडीपट्टिबाट राती घरमा आई बसेको छिमेकीले सेतोखरीलाई जानकारी दिएका थिए ।

उनलाई विहान अन्य छिमेकीले त बाटोमा हिँडेको समेत देखेको बताए । संक्रमित महिला खुलेयाम सडक, टोलमा हिँडडुल गरिरहेको स्थानीय बासिन्दाले देखेपछि सेतोखरीलाई फोन गरेर जानकारी दिएका हुन् ।

कोरोना संक्रमित ति महिलालाई सिटी प्यालेस होटलको ३०९ नम्बर रुममा बस्दै आएकी थिइन् । प्रहरी प्रशासनले खोजी गरेपछि ती महिला आफू बस्दै आएको होटलको रुमा गएर बसेकी छन् ।