नेपालगन्ज : थारु समुदायको पवित्र पर्व बर्का अट्वारीका अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएकोछ ।
प्रदेश ५ सरकारले आगामी भदौ ७ गते प्रदेशका बाँके, बर्दिया र दाङ जिल्लाका थारु समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन थारु समुदायको पवित्र पर्व ‘बर्का अट्वारी’ पर्ने भएकोले प्रदेश ५ का बाँके, बर्दिया र दाङ्ग जिल्ला थारु समुदायलाई मात्र बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानू मन्त्रालयले जनाएकोछ ।
मन्त्रालयले हिजो भदौ ३ गते एक सार्वजनिक सूचना जारी गरि आगामी भदौ ७ का दिन थारु समुदायले मनाउने अट्वारी पर्वका अवसरमा बाँके, बर्दिया र दाङका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको स्पष्ट पारेको छ ।
‘प्रदेश सरकार (मन्त्रीपरिषद) को गत बैशाख १० को निर्णय अनुसार भदौ ७ का दिन थारु समुदायलाई अट्वारीको सार्वजनिक बिदा दिइने निर्णय भएको’ मन्त्रालयका उप–सचिव माधवराज मरासिनीद्वारा जारी सूचनामा उल्लेख छ ।