घरमै तीज मनाउ, कोरोनाबाट बचौं : उपप्रमुख मगर


घरमै तीज मनाउ, कोरोनाबाट बचौं : उपप्रमुख मगर

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका बीच घरमै सुरक्षितरुपमा तीज मनाउन नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले आग्रह गरेकीछन् । उनले तीजको शुभकामना ब्यक्त गर्दै कोरोनाबाट आफू बच्न र अरुलाई पनि बचाउन घरमै तीज मनाउन आग्रह गरेकीहुन् ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज–२०७७ लाई सुरक्षित भएर मनाउन अपील गर्दै उपप्रमुख थापाले यस वर्ष कोभिड–१९ को महामारीका कारण हरेक वर्ष झैं तीजको अवसरमा गरिने जमघट, भेला र पुजाआजा घर भित्र नै सुरक्षित भएर मनाउन सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु । उनीद्वारा जारी शुभकामनामा उल्लेखछ ।

तीज एउटा संस्कार मात्र नभई सभ्यता हो, परम्परा र पहिचानका साथै महिला दिदीबहिनीहरुका लागि वर्ष दिनको दुःख बिसाउने पर्व पनि हो , उपप्रमुख थापाले भनेकीछन्, यो महत्वपूर्ण अवसरलाई धुमधामसंग मनाउने हाम्रो ईच्छा, चाहना हुँदाहुँदै पनि यस वर्ष विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण मनाउन नसकिने यो विषम परिस्थितीमा हामि दिदीबिहीनीको संयमता, साथ र सहयोग एकदमै जरुरी छ । तपाई हामी बाँचे आउने वर्षहरुमा यो पर्वलाई धुमधामसंग मनाउने अवसर हामीले पाउने नै छौ ।

यो वर्ष आफ्नो घर परिवारको बिचमा रहि यो पर्व रमाईलो गरि मनाउन अनुरोध गर्दै भौतिक दूरी, अनिवार्य मास्कको प्रयोग र पटक–पटक साबुन पानीले हात धुने लगायतका कार्यलाई आफुले पनि पालना गर्ने र अरुलाई पनि पालना गर्न सिकाउने कार्यमा सहयोग गर्नका लागि अनुरोध गर्दै हरितालिका तीजको शुभकामना व्यक्त गरेकीछन् ।