सुख्खा पहिरो खस्दा सडक अवरुद्ध


सुख्खा पहिरो खस्दा सडक अवरुद्ध

चितवन : सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।

पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ । पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकिएका छन् । –रासस