औतारदेईको १० औं स्मृती दिवस मनाइयो


औतारदेईको १० औं स्मृती दिवस मनाइयो

नेपालगन्ज : दानवीर एवं समाजसेवी स्वर्गी औतारदेई कशौधन (चौधराइन) को १० औं स्मृती दिवसमा माल्याअर्पण गरिएको छ । नेपालगनजमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी स्वर्गीय चौधराइनको भदौ ६ गते स्मृती दिवस मनाइदै आइएको छ ।

कोरोनाको विषम परिस्थितीलाई मध्यनजर गर्दै भेला लगायतका भव्य कार्यक्रम नगरिएपनि आज विहान भेरी अस्पताल परिसरमा रहेको चौधराईनको प्रतिमामा माल्यार्पण गर्दै उनको योगदानको बारेमा चर्चा गरिएको हो ।

उनको योगदानको स्मरण गर्दै भेरी अस्पताल विकास समितिले स्मृति दिवस मनाएको हो । विस १९५४ मा जन्मिएकी चौधराइनको २०२८ भदौ ६ गतेका दिन निधन भएको थियो ।

स्वर्गीय चौधराईनले स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अस्पताल, नारायण मावि, जिल्ला जनस्वास्थय कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा योगदान पु¥याएकी थिइन ।

कार्यक्रमका प्रमुख अतिथी एवं पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले औतारदेइको योगदानको अभिलेखीकरणसँगै सम्पतीको संरक्षण र सम्बद्र्धन गर्नु पर्ने बताए । उनले चौधराइनले देखाएको सेवाभाव र सत्मार्गमा लाग्न पनि अपील गरे ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको सभापतित्वमा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापा, चौधराईनका भतिजा एवं प्रष्ठिानका कोषाध्यक्ष राधेश्याम वैश्यले औतारदेईले शिक्षा, स्वास्थ्य र समाज सेवामा पु¥याएको योगदान चर्चा गरेका थिए ।