नेपालगन्ज : कोरोना भाइरस संक्रमणका बीच माहर्रम घरमै मनाउन मुस्लिम समुदायलाई आग्रह गरिएकोछ ।
मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मोहर्रम पर्व घरमै मनाउन मुस्लिम समुदायसँग आग्रह गरेको हो ।
समितिले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत कोरोनाबाट जोगिन मोहर्रम घरमै बसेर मनाउन आग्रह गरेको हो ।
समितिका अध्यक्ष गुलाम हुसेन हलवाई (फिरोज वारसी) ले सबैको समन्वय र सहकार्यबाटै कोरोना भाइरसविरुद्ध लड्न सकिने बताउँदै कोरोनाबाट जोगिन नेपाल सरकारका नीति नियम पालना गर्न आग्रह गरे ।
मुस्लिम समुदायको ऐतिहासिक पर्व मोहर्रमलाई घरमै मनाउनुका साथै ९ तारिखको दिन ताजिया राख्ने र १० तारिख ताजिया सेलाउन दुई चार जनाको समूहमा पालैपालो जान जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ । मुस्लिम धर्मावलम्बीहरु इराकको कर्बलामा शहादत प्राप्त गरेका हजरत इमामे हुसैनको सम्झनामा प्रत्येक वर्ष मोहर्रम पव मनाउँदै अएका छन् ।