सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदीद्वारा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर


सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदीद्वारा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

नेपालगन्ज : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले आफ्ना मातहत प्रहरी कार्यालयका प्रमुखहरुसगं कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेकाछन् ।

नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास, भरोसायोग्य र संगठनको रुपमा विकास गर्न तथा कार्यालय प्रमुखहरुलाई अझ जिम्मेवार र उत्तरदायित्व बनाउन उनले आज उक्त कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुवेदीले प्रदेश मातहतका प्रदेश प्रहरी तालिम केन्द्र, सशस्त्र प्रहरी गण धनगढी, दंगा नियन्त्रण प्रहरी गण महेन्द्रनगर, प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीया, ९ वटै जिल्ला प्रहरी कार्यालय, प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र प्रदेश प्रहरी आवासीय माध्यामिक विद्यालय धनगढीका कार्यालय प्रमुखहरुसंग भीडियो कन्फ्रेन्स मार्फत् कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो क्रममा उनले प्रदेशमा शान्ति सुरक्षा, अपराध न्यूनीकरण, विपद् तथा कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणमा आवश्यक भूमिका निर्वाह गर्न आफ्ना मातहतका कार्यलय प्रमुखहरुलाई निर्देशन समेत दिएका थिए ।

आफ्ना मातहतका कार्यालय प्रमुखहरुसंगको कार्यसम्पादन सम्झौता पश्चात नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास, भरोसायोग्य र संगठनको रुपमा विकास गर्न यसले कार्यालय प्रमुखहरुलाई अझ जिम्मेवार र उत्तरदायित्व बनाउन बताए ।