बाँकेमा स्थिती भयावह बन्दै

कोरोनाबाट नेपालगन्जमा युवकको मृत्यु


सेतोखरी सेतोखरी   बुधबार, भदौ १०, २०७७
कोरोनाबाट नेपालगन्जमा युवकको मृत्यु

 

नेपालगन्ज : कोरोना संक्रमणबाट नेपालगन्जमा एक युवकको मृत्यु हुन पुगेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले कोरोनाबाट ३७ बर्षिय युवकको मृत्यु भएको जानकारी दिए ।

मृत्यु भएका ती युवक नेपालगन्ज १ निवासी हुन् । कोरोना संक्रमित ती युवकलाई असहज भएपछि अस्पताल भर्ना गरिएको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा युवको भदौ १० गते राती १ः३० बजे मृत्यु हुन पुगेको प्रजिअ कुरुम्वाङले जानकारी दिए ।


बाँके जिल्लामा कोरोनाको स्थिती भयावह देखिएको छ । कोरोनाबाट बाँकेमा लगातार मृत्यु भइरहेको छ । संक्रमितको संख्या कम देखाउन पिसिआर टेस्टमा कमी ल्याएको स्रोतले जनाएको छ । संख्या बढी देखाउ संक्रमितको संख्या बढी देखिदा सम्हाल्न गाह्रो हुने भन्दै सम्बन्धित निकायले बाँकेका स्वाव टेस्ट परिक्षणमा कमि ल्याएको बझिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj