बास खुला एकल तीज नृत्य प्रतियोगिताको नतिजा सार्वजनिक


बास खुला एकल तीज नृत्य प्रतियोगिताको नतिजा सार्वजनिक

नेपालगन्ज : बासले हरितालिका तीजको अवसरमा आयोजना गरेको खुला एकल तीज नृत्य प्रतियोगिताका नतिजा सार्वजनिक गरेको छ । बिगत लामो समयदेखि हरितालिका तीजको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको बासले यस वर्ष कोरोना कहरका कारण प्रबिधिमैत्री खुला एकल तीज नृत्य प्रतियोगिताको आयोजना गरेको थियो ।

बासले प्रतियोगीहरुको नृत्य भिडियो अनलाईनका माध्यमबाट लिई मूल्याँकन गरेको थियो । भाद्र ७ गतेसम्मको अवधिमा सहभागि भएका २१ जना प्रतिप्रर्धीहरुबिच गरिएको मूल्याँकनको नतिजा आज सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा काठमाण्डौंकी मिङमा शेर्पा प्रथम, नेपालगन्जकी श्रेया धिताल द्वितीय र कोहलपुरकी लबली बिष्ट तृतिय भएकीछन् । यसैगरी टिकापुरकी सुप्रिया शर्माले पब्लिक च्वाईस अवार्ड प्राप्त गरेकीछन् । शर्माले सर्वाेत्कृष्ट फेसबुक लाईक, शेयर पाएर सो अवार्ड प्राप्त गरेकी बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतियलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र पब्लिक च्वाईस अवार्ड बिजेतालाई रु. २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने आयोजक संस्था बासले जनाएको छ । प्रतियोगितामा बाणिज्य बैंक त्रिभुवन चोक शाखा, चर्ती फलोरा नेपालगन्ज, सिंह ज्वैलर्स र शेख प्रबेज आलमले सहकार्य गरेका थिए ।

प्रतियोगितामा काठमाण्डौं, बाँके, कैलाली लगायत जिल्लाका नृत्याँगानाहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको मूल्याँकन बरिष्ठ कलाकार सुन्दर गुरुंगको संयोजकत्वमा बरिष्ठ सञ्चारकर्मी कमल बिके निर्माेही र नृत्याँगना श्रृष्टी शाही सदस्य रहेको मूल्याँकन समितिले गरेको थियो ।