नेपालगन्जः सडक तथा नाला निर्माण गर्नेक्रममा वडा कार्यालयले विभेद गरेको घरबारी टोलका बहुदलकुमार मौर्यले बताएकाछन् । यतिबेला घरबारीटोलको स्टारलजदेखि पूर्व न्यूरोडको भानु चोकसम्म आउने बाटो पुर्ननिर्माणको कार्य चलिरहेकोछ ।
शनिबार वडा कार्यालयले उक्त सडकमा नाला निमार्णका लागि मौर्यको घरको पेटी समेत भत्काएर नाला खनेको थियो । सोक्रममा वडा कार्यालयले सडक र नाला विस्तारका नाममा नियम विपरित काम गरेको भन्दै मौर्यले आफूमाथि विभेद गरेको बताए ।
उनले वडा कार्यालयको लापरबाही र पाक्षपाति ब्यवहारले नाला खन्दा घरको अघिल्लो भागमा क्षती पुगेको बताए । सडक निर्माणसगैं नाला निमार्णमा वडा कार्यालयले आफूखुशी गर्दा सम्पत्तीको क्षतीसगैं मानसिक तनाव भएको मौर्यले बताए ।
उनले शनिबार पत्रकार सम्मेलन गदै भने–‘निर्माणाधिन उक्त सडक र नाला निमार्णकाक्रममा वडा कार्यालयले सम्बन्धित ब्यक्तिसंगको परामर्श विनै दादागिरी शैलीमा जेसिभी चलायो । नाला सहितको सडक निर्माण गर्न ७ मिटरको मापदण्ड तोएिको छ । तर, मेरै घरलाई क्षती पुर्याउने उद्देश्यका साथ साढे ८ मिटरमा जेसिभी चलाइयो ।’
उनले भने–‘म घरमा थिएन, एकाएक आएर सडक र नाला निर्माणका नाममा ब्यक्तिगत सम्पत्ति क्षती गरेर गए । यो कस्तो खालको विकास हो उनले प्रतिप्रश्न गरे ।’ उनले भने–‘वडा अध्यक्ष सुनिलसिंह हमालले आफै हस्ताक्षर गरेको निर्णय, आफैले उल्टाएर स्थानीयलाई दुःख दिए । नाला र सडक बनाउनुमा मेरो आपत्ती होइन तर, ७ मिटरभित्र नाला बनाइनुपथ्र्यो त्यसो भएन । यसको क्षतीपूर्ती कस्ले ब्यहोर्छ ?’
मौर्यले अगाडी थपे–‘पिपल चौताराबाट नै साढे ८ मिटरको नाला, बाटो कायम गरी बनाएको भए मलाई कुनै आपत्ति थिएन । तर, व्यक्तिगत नाक्सापास भएको मेरो जमिनलाई रिसबिले तोडी साढे ८ मिटर नाला बनाउने कार्य गरेको हुँदा मलाई आपत्ति भएको हो ।
उनले भने–‘अदालतमा यस सम्बन्धित मुद्दा बिचाराधिन रहेकोछ । भाद्र १० गतेका लागि पेशी थियो । तर, कोरोनाका कारण बन्द भएको अदालतबाट फैसला भएको भन्दै उक्त फैसलाको नक्कल ननिकाली जनप्रतिनिधिहरुबाट जनताको सम्पत्ती नोक्शान गरियो ।’ उनले जबरजस्ती नाला निर्माणको नाममा आफ्नो घरमा जेसिभी चलाएर क्षती पु¥याएको भन्दै कानूनी लडाई लड्ने समेत बताए ।
यसअघि सो सडक निर्माणमा विवाद भएपछि मौर्यले गत जेठमा वडा कार्यालय विरुद्ध उच्च अदालत तुलसीपुर नेपालगन्जमा मुद्दा दायर गरेका थिए । अदालतमा दायर भएको मुद्दामा न्यायाधीशद्वय हेमराज पन्त र राजशेकुमार काफ्लेले विपक्षीसगं भएको सहमती र मन्जुरी भएको निर्णयको सक्कल, भौतिक अवस्थाको स्थलगत नापनक्शा गरि पेश गर्न आदेश दिएका थिए । ईजलास समक्ष छलफल नहुन्जेलसम्मका लागि यसअघि दिइएको अन्तरिम आदेशका विषयमा भदौ १० गते पेशी तोकिएको थियो ।
यता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ को कार्यालयले सडक तथा नाला निर्माणका विषयमा कसैलाई पक्षपाती ब्यवहार नगरेको जनाएकोछ । सडक तथा नाला निर्माणका क्रममा यसअघि भएका सहमतिमै उक्त नाला खनिएको हो । विधि र प्रकृया पुरा गरि सडक तथा नाला निर्माणको कार्य अघि बढेको वडा कार्यालयले जनाएकोछ ।