नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आईतबार सार्वजनिक बिदा दिएको छ ।
ईस्लाम धर्मावलम्बीहरुको पर्व मोहर्रममा आईतबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबले जानकारी दिइन ।
कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दूरी कायम गरेर भिडभाड नगरी पर्व मनाउन उपाध्यक्ष श्रीवास्तबले सबैसगं आग्रह गरिन् ।
उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घरमै बसी आ–आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ ।