युनियन सदस्य मिश्रलाई मातृ शोक


युनियन सदस्य मिश्रलाई मातृ शोक

नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेका सदस्य आलोक मिश्रलाई मातृ शोक परेकोछ ।

युनियन सदस्य मिश्र र अल्का मिश्रको आमा तथा युनियन बाँकेका सदस्य राकेशकुमार मिश्रकी सासुआमा समेत रहेकी विजया पाठक(मिश्र)को मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १३ निवासी उनलाई मुटु सम्बन्धी समस्या थियो । विगत तीन/चार महिनादेखी उपचार गराइरहेकी विजयाको शनिबार राती २ः३० बजेतिर भेरी अस्पताल नेपालगन्जमा ४७ वर्षको उमेरमा निधन भएको हो ।

उनको आईतबार दिउँसो हिन्दु परम्परा अनुसार अन्त्येष्टी गरिएको छ । उनका श्रीमान, एक छोरा र एक छोरी छन् ।

यसैबीच, नेपाल प्रेस युनियन बाँकेले आईतबार शोक वक्तब्य जारी गर्दै श्रद्धाञ्जली प्रकट गरेकोछ ।

नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्लद्वारा जारी शोक वक्तब्यमा ‘यस दुखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य, धारण गर्ने शक्ति मिलोस् भनि हार्दिक समवेदना प्रकट गर्दछौं ।’ भनिएकोछ ।