रामलीला सञ्चालक समितिका अध्यक्ष श्यामसुन्दरको निधन


रामलीला सञ्चालक समितिका अध्यक्ष श्यामसुन्दरको निधन

नेपालगन्ज : रामलीला सञ्चालक समितिका अध्यक्ष ईन्जिनियर श्यामसुन्दर कनोडियाको निधन भएकोछ । नेपालगन्ज निवासी उनको ७७ वर्षको उमेरमा निधन भएको हो ।

पछिल्लो समय अस्वस्थ रहेका कनोडियाको उपचाकार लागि भारतको लखनउ लैजाने क्रममा बाटैमा निधन भएको थियो । नेपालगन्जदेखि लखनउ लैजानेक्रममा नेपाल–भारत सीमाना जमुनाहमा सोमबार बिहान ७ बजे उनको निधन भएको हो ।

स्वर्गीय कनोडिया रामलीला सञ्चालक समितिका अध्यक्षसगैं नेपालगन्ज उपमहानगरपालिकाका पूर्व सल्लाहकार हुन् । उनी नेपाली काँग्रेस बाँकेका क्रियाशिल सदस्य समेत हुन् । उनको निधन भएपछि नेपाली काँग्रेस बाँके सभापती किरण कोइराला लगायत नेता, कार्यकर्ता, शुभेच्छुकहरु उनको निवासमा पुगी समवेदना प्रकट गरेका थिए ।