प्रदेश पाँचमा १०९ जना सक्रिय कोरोना संक्रमित प्रहरी


प्रदेश पाँचमा १०९ जना सक्रिय कोरोना संक्रमित प्रहरी

नेपालगन्ज : प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश पाँचमा १ सय ९ जना सक्रिय कोरोना संक्रमित प्रहरी रहेका छन् ।

उनका अनुसार सबै भन्दा कम सक्रिय कोरोना संक्रमित प्रहरी सुदूरपश्चिम प्रदेशमा रहेकाछन् । सुदूरपश्चिम प्रदेशमा कुल १७ जना सक्रिय कोरोना संक्रमित प्रहरी रहेकाछन् ।

यस्तै प्रदेश १ मा १४२, प्रदेश २ मा ६४, वाग्मती प्रदेशमा ७२, गण्डकीमा ८३ र कर्णाली प्रदेशमा ४४ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या दुई हजार तीन सय चार पुगेको छ । जसमध्ये १३ सय चारजना सक्रिय संक्रमित छन् । भने एक हजार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।