बाँकेबाट लामो तथा छोटो दूरीका सवारी साधन चलाउने तयारी


बाँकेबाट लामो तथा छोटो दूरीका सवारी साधन चलाउने तयारी

कोहलपुर : बाँकेबाट आगामी असोज १ गतेदेखि लामो तथा छोटो दूरीका सवारी साधन संञ्चालन गर्ने तयारी थालिएको छ । कोरोना भाइरस संक्रमणका कारण बन्द भएको यातायातका साधन पुनः सञ्चालनका लागि शनिवार कोहलपुरमा यातायत व्यवसायी र यातायाता मजदूरबीच छलफल भएकोछ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासघ जिल्ला समन्वय समितिको संयोजनमा यातायत व्यवसायी र यातायान मजदूरबिच छलफल हुदाँ आगामी असोज १ गतेदेखि लमो तथा छोटो दूरीका यातायतका साधन सञ्चालन गरिने समन्वय समितीका संयोजक टंक बस्यालले बताए ।
स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर सवारी साधन सञ्चालनमा ल्याईने उनले जानकारी दिए । बस्यालका अनुसार यातायत मजदूर र यातायात व्यवसायीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाउने कार्यक्रम रहेकोछ ।

आखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेका सचिव राजकुमार बिसीले लकडाउनका कारण मजदूरहरुलाई हातमुख जोर्न समस्या भएको भन्दै यातायतका साधन सञ्चालनको बिकल्प नभएको बताए । उनले सुरक्षा मापदण्ड पुरा गरेका सार्वजनिक यातायत सुचारु गर्नु पर्ने बताए ।
बाँकेबाट छोटो तथा लामो दूरीको सवारी साधन चलाउने तयारी भइरहदाँ कोरोना भाइरस माहामारी रोकथाम तथा न्यूनिकरणका लागि बाँके प्रशासनको निषेधाज्ञा भने हटेको छैन ।

हप्ताको दुई दिन लाग्दै आएको निषेधाज्ञा असोज २ र ३ गते लाग्नेछ । तर, जिल्ला प्रशासन बाँकेले जिल्लामा लगाएको निषेधाज्ञाको पूर्वसन्ध्यामै लामो तथा छोटो दूरीको सवारीसाधन चलाउने निर्णय प्रशासन विरुद्ध बन्ने भएको छ ।

त्यसो त बाँकेमा दिनहुँ कोरोना भाइरस संक्रमित थपिदै गएकाछन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बाँके प्रशासनले चालेको नयाँ शैलीको निषेधाज्ञाको कुनै तुक नभएको, यो हटाइनुपर्ने भन्दै चर्चा चुलिएकोछ ।