सरकारद्वारा भारततर्फको सीमानाका बन्द, चीनतर्फ खुला


सरकारद्वारा भारततर्फको सीमानाका बन्द, चीनतर्फ खुला

File Photo

नेपालगन्ज : सरकारद्वारा थप एक महिनाका लागि नेपालको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएकोछ ।

कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सरकारले आगामी असोज ३० गतेसम्म भारततर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको सन्र्दभमा भारतसँगको नाकाबाट प्रवेशमा कडाई गर्ने तर, अत्यावश्यक अवस्थामा १० वटा प्रमुख नाकाबाट प्रवेश दिने निर्णय भएको छ ।

यस्तै भारतबाट थप २ नाका ईलामको पशुपतिनगर र दार्चुलाको खलंगाबाट प्रवेश दिने निर्णय गरेकोछ । यस्तै चीनको रसुवागढी नाकाबाट नेपाल प्रवेश खुला गर्ने निर्णय भएको छ ।