फुल्टेक्रामा धार्मिक पूर्वाधारको योजना


फुल्टेक्रामा धार्मिक पूर्वाधारको योजना

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले नगरको फुल्टेक्रामा धार्मिक पर्यटकीय पूर्वाधारको योजना ल्याएको छ ।

उपमहानगरपालिकाको मंगलबार सुरु भई बुधबार सम्पन्न भएको कार्यपालिका बैठकले संघीय सरकारसँग १४ करोडको योजना माग गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख डाक्टर धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बसेको पर्यटकीय पूर्वाधारको योजनालाई सर्वसम्मत स्वीकृत गरेको हो ।

बैठकले गैरसरकारी संस्थालाई व्यवसायको रुपमा नविकरण गर्दै आएकोमा अबदेखि सूचिकृत मात्रै गर्ने निर्णय गरेको प्रबक्ता प्रमोद रिजालले जानकारी दिए ।

बैठकले नगर क्षेत्रभित्र अनलाईन शिक्षा सञ्चालनका विषयमा सरोकारवालासहितको सहभागितामा स्पष्ट मापदण्ड बनाउने निर्णय गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले बुधबारदेखि सञ्चालनमा आएको फुडबैंकलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ ।