संविधान दिवसमा योग सचेतना


संविधान दिवसमा योग सचेतना

नेपालगन्ज : योग समिति नेपालले नागरिक सचेतना कार्यक्रमको तिव्रतासँगै व्यापक र प्रभावकारी बनाउँदै लगेको छ ।

नेपालगन्जका सार्वजनिक स्थानहरुमा नियमित योगसँगै नागरिकलाई सचेतना दिदै आएको योग समितिले संविधान दिवसका अवसरमा जिल्लाका स्थानीय तहको परिक्रमा गरेको छ ।

योग समितिका केन्द्रीय अध्यक्ष गिरिराज भट्टराईको संयोजकत्वमा शनिबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ देखि बाँके आरोग्य एवं स्वास्थ्य सचेतना नागरिक योग विज्ञान कार्यक्रम गरिएको हो ।

राष्ट्रिय झण्डा, व्यानरसहित मोटरसाइकलमा निस्किएको योग समिति पदाधिकारी, योग अभियन्ताको टोली धम्बोझीदेखि जानकी गाउँ पालिकाबाट खजुरा गाउँपालिका हुदै बैजनाथ गाउँपालिकाबाट कोहलपुर नगरपालिका पुगेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

कोहलपुरन नगरपालिका पुगेको उक्त टोली राप्ती सोनारी गाउँपालिका हुँदै पुनः नेपालगन्ज उप महानगरपालिकाको पुष्पलाल चोकबाट वीपिचोकहुदै ट्राफिक चोक पुगी त्यहाँबाट त्रिभुवन चोक, न्युरोड हुँदै योग समिति नेपालको केन्द्रीय कार्यलय सेतु विक चोकमा पुगि कार्यक्रमको समापन गरिएको थियो ।

योग समितिका अध्यक्ष एवं योग गुरु गिरिराज भट्टराईले योग सचेतनासँगै संस्थागत विकासका लागि पनि आवश्यक पहल गर्न सम्बद्ध सबैमा अपील गरे । योग समितिका सल्लाहकार नन्दलाल वैश्य, राजन रानामगर, प्रहरी निरीक्षक अरुण सिंह, समितिका उपाध्यक्ष लोक माया सुवेदी, सचिव निर्मला शाह, कोषाध्यक्ष अम्बिका कोइराला, आजीवन सदस्य पुर्णचन्द्र सुवेदी लगायतका अभियन्ताले कार्यक्रमको समापनमा आफ्ना विचार राखेका थिए ।