युनियन बाँकेद्वारा शोक बक्तब्य जारी


युनियन बाँकेद्वारा शोक बक्तब्य जारी

नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य रविन्द्र घिमिरेका आमा लक्ष्मीदेवी घिमिरे र युनियन बाँकेका साधारण सदस्य निशा शाहका ससुराबुवा नरेन्द्र शाहको निधनप्रति युनियन बाँकेले शोक वक्तब्य जारी गर्दै श्रद्धाञ्जली प्रकट गरेकोछ ।

घोराही उपमहानगरपालिका वडा नम्बर–४ गोग्ली दाङ निवासी युनियन कार्यसमिति सदस्य घिमिरेका आमा लक्ष्मीदेवीको शनिबार विहान ५ बजे ८९ वर्षको उमेरमा निधन भएको हो । उनको शनिबार दिउँसो हिन्दु परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–५ निवासी नरेन्द्रको शुक्रबार बिहान ११ बजे ६६ वर्षको उमेरमा निधन भएको हो । उनी लामोसयदेखि मृगौला पीडित थिए ।

नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्लद्वारा जारी शोक वक्तब्यमा ‘यस दुखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त दुबै परिवारजनप्रति धैर्य, धारण गर्ने शक्ति मिलोस् भनि हार्दिक समवेदना प्रकट गर्दछौं ।’ भनिएकोछ ।