नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा अमर प्रहरी स्मारकको शिलन्यास गरेकाछन् । योसगैं जिल्ला प्रहरी कार्यालय परिसरमा अमर प्रहरी स्मारक निर्माण हुनेभएकोछ ।
स्मारक शिलन्यास अवसरमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले अमर प्रहरी परिवारको गुनासोलाई सम्बोधन गर्दै उक्त स्मारक निर्माणका लागि शिलन्यास गरिएको बताए ।
बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले आफु जिल्लामा आउँदा अमर अशक्त प्रहरी संगठन, पूर्व प्रहरी संगठनका पदाधिकारी तथा परिवारसंगको भेटमा प्रहरी स्मारक नभएको गुनासो आएपछि सम्बोधन गर्ने प्रयास गरिएको बताए ।
उनले यसका लागि बजेट नभएपनि पूर्व प्रहरी संगठन तथा अमर अशक्त प्रहरी संगठनलाई माया गर्नेहरुबाट सहयोग संकलन गरी निर्माण गर्न गरिन लागेको हो । योकार्यमा बाहलवाला, पूर्व प्रहरी तथा अमर अशक्त प्रहरी परिवारबाट हातेमाले गर्न आव्हान समेत गरे ।
अमर प्रहरी परिवारका तर्पmबाट स्मारक निर्माण समितिका संयोजक बसन्ता जोशीले आफुहरुको माग सम्बोधन हुन लागेकोमा खुशी ब्यक्त गरिन् । उनले अमर प्रहरी स्मारक निर्माणको लागि आफुहरुको पूर्ण सहयोग हुने प्रतिबद्धता जनाईन ।
जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा अमर प्रहरी स्मारक निर्माणसंगै यस वर्षको प्रहरी दिवश पनि जिल्ला प्रहरी कार्यालय परिसरमा नै मनाउने गरी तयारी अगाडि बढाईएको छ ।
सो अवसरमा बाँकेका प्रहरी नायव उपरीक्षक सुवाश खड्का, राष्ट्रिय अनुसंन्धानका नरेन्द्रराज गिरि तथा पूर्व प्रहरी एवम अमर अशक्त प्रहरी संगठनका प्रतिनिधि लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।