नेपालगन्ज : अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत न्यायीक समितिका सदस्य तथा निर्वाचित जनप्रतिनीधिहरुलाई दुई दिने जनक्षमता अभिबृद्धि तालिम शुरु गरेकोछ ।
न्यायीक समितिका सदस्य तथा निर्वाचित जनप्रतिनीधिहरुलाई मानवअधिकारको अवस्थाबारे जानकारी दिन, शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धि जिम्मेवार निकायलाई जवाफदेही बनाउन क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको इन्सेक नेपालगन्जकी कार्यक्रम फोकलपर्सन सरस्वती मल्लले जानकारी दिइन ।

तालिममा ईन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले इन्सेकले मानवअधिकारको क्षेत्रमा गरेको कामको विषयमा जानकारी दिदैं अधिकारबाट बञ्चित व्यक्तिहरुलाई उनीहरुको अधिकार दिलाउन पहल गरिने बताए । राज्यका समुदाय र निकायसंग लडेर आफ्नो अधिकार प्राप्त गर्नुपर्ने उनको धारणा थियो ।
राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनि कुमारी खत्रीले विशेष गरेर महिलाले सीप सिके देश विकासमा सहयोग प¥याउने बताईन् । उनले कार्यक्रममा सहभागीहरुलाई अनुशासित रुपमा तालिम सिक्न आग्रह समेत गरिन् ।
तालिममा नेपालको संविधान २०७२ मौलिक हक र न्यायिक समितिको काम कर्तब्य, अधिकार र मानवअधिकारको अवधारणा, आर्थिक, सामाजिक तथा संस्कृतिक अधिकार र परियोजना सम्बन्धि जानकारी विषयमा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख चन्द्रकान्ता चापागाँई, अधिवक्ता सुरेश गौतम र इन्सेक नेपालगन्जकी कार्यक्रम फोकलपर्सन सरस्वती मल्ल, जिल्ला सहजकर्ता लक्ष्मी चौधरीले सहजिकरण गरेका थिए ।