नेपालगन्ज : नेपालन्ज उपमहानरपालिकाको वडा नम्बर १ ले एकल महिलाहरुको भावनामा चोट पु¥याएको भन्दै द्वन्द्व पीडित एकल महिलाहरुले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् ।
द्वन्द्व पीडीत तथा एकल महिला सञ्जाल बाँकेले बिहीबार नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख डाक्टर धवल शम्सेर राणालाई ज्ञापन पत्र बुझाएको हो ।
द्वन्द्व पीडीत तथा एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष जयन्ती केसी र संस्थापक अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष शोभा बीसीद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा नेपालगन्ज उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता अन्र्तगत विधवा भत्ताका लागि आवेदन दिनु भएका र आवेदन दिनु हुने सम्पूर्ण एकल महिलाहरुले अर्को विवाह नगरेको प्रमाणित प्रतिलिपी, सामाजिक सुरक्षा भक्ता निवेदन पेश गर्दा अनिवार्य पेश गर्नको लागि सार्वजनिक सूचना मार्फत अनुरोध गरेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
सूचना सार्वजनिकताले सम्पूर्ण एकल महिलाहरु मर्माहित भएको र निजहरुको आत्म सम्मानमा पनि गहिरो चोट पुगेको ठहर गर्दै सो ब्यवस्थालाई खारेज गरि सामाजिक सुरक्षा ऐन एकल महिला मैत्री संसोधनका लागि पहल गर्न पनि ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।
अध्यक्ष केसी र संस्थापक अध्यक्ष बीसीले नगर प्रमुख राणालाई ज्ञापन पत्र बुझाउँदै एक महिलाको भत्ताको सहज उपलव्धताको व्यवस्था गर्न माग गरिन । नगर प्रमुख राणाले ध्यानाकषर्ण पत्रको मर्म केन्द्रीय सरकार समक्ष पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
पछिल्लो समयमा सामाजिक सुरक्षा ऐन २०७५ संसोधनको प्रकृयामा रहेको र तत्कालिन अवस्थामा राज्यले ६० वर्ष मुनिका एकल महिलाहरुलाई पनि असहाय भत्ता स्वरुप निरन्तर प्रदान गरिरहेकोमा अहिले केही स्थानीय तहले सूचना सार्वजनिक गरेर एकल महीलाको भावनामाथि प्रहार गरेको बताइएको छ । यो आवाज देशव्यापी उठदैछ ।