पत्रकारसँग वनका कुरा


पत्रकारसँग वनका कुरा

सम्शेरगन्ज (बाँके): डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले जिल्लामा वन अतिक्रमण, चोरी निकासी रोक्नु नै ठूलो चुनौति रहेको बताएका छन् । उनले बाँकेमा ठूलो वन क्षेत्र भएकोले अतिक्रमण र चोरी निकासी नै मुख्य चुनौती बनेको भन्दै यसको नियन्त्रणमा लागि परेको औल्याए ।

डिभिजन वनका गतिविधि तथा पत्रकारबीचको आपसी सञ्चार विकासका लागि भन्दै शुक्रबार बाँकेको शम्शेरगञ्जमा पत्रकारबीच भएको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

बाँके जिल्लाको वन व्यवस्थापन सम्बन्धि गरिएको उक्त अन्तरक्रियामा जिल्लामा लागू भएको समुदायमा आधारित बैज्ञानिक वन व्यवस्थापन प्रणाली अन्तर्गत भए गरेका क्रियाकलापहरुका बारेमा उनले जानकारी गराएका थिए ।

दीगो वनका लागि वैज्ञानिक पद्धती र तथ्यांकमा आधारित वैज्ञानिक वनको अवधारणामा अघि बढेको बताउँदै डिभिजन प्रमुख क्षेत्रीले वनबाट समृद्धिको पाईला अघि बढ्ने भन्दै वन संरक्षण मात्र नभई वैज्ञानिक तवरले उत्पादन र उत्पादकत्वलाई बढाउदै समृद्धिको पथमा लाग्न सक्नुपर्दछ ।

डिभिजन वन कार्यालय बाँकेका आयोजनामा भएको कार्यक्रममा हाल बाँके जिल्लामा ११७ वटा सामुदायिक वन, १२४ वटा निजी वन र १७ वटा बैज्ञानिक व्यवस्थापन वन रहेका छन् । सो अन्तरक्रियामा बाँकेका दुई दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।