सबै सिटमा यात्रु बोक्न खुला


सबै सिटमा यात्रु बोक्न खुला

File Photo

नेपालगन्जः दशैंतिहार नजिकिएसगैं सरकारले सार्वजनिक सवारीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय हेरफेर गरेको हो ।

यसअघि सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।

आन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर, हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ ।