भवन निमार्णमा जुट्यो अवधि पत्रकार संघ


भवन निमार्णमा जुट्यो अवधि पत्रकार संघ

नेपालगन्ज : अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिको भवन निमार्णका लागि जग्गाको नाप नक्सांकन गरिएको छ ।

संघका आजिवन सदस्य तथा सल्लाहकार समाजसेवी माधवराम बर्माद्वारा संघको भवन निर्माणका लागि प्रदान गरिएको जग्गाको नाप नक्सांकन गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६, फुल्टेक्रा निवासी बर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ४ बसपार्क नजिक उपलब्ध गराएका दुई कठ्ठा ४ धुर जग्गाको शुक्रबार नापी गरि चार किल्ला छुट्टाइएको छ ।

संघको कार्यालय लगायतका भौतिक संरचना निमार्ण गर्नका लागि जग्गादाता बर्माको संरक्षणमा रहेको श्री शिव पार्वती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिमार्फत उक्त जग्गा उपलब्ध गराइएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

जग्गाको नाप नक्सांकन गरि चार किल्ला छुटट्टाएर पिलर गाडिएको छ । संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको नेतृत्वमा गरिएको नाप नक्सामा जग्गादाता माधवराम बर्मा, संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव, महासचिव गुरुमुरत यादव, केन्द्रीय सदस्य भरतकिशोर बैश्य, संघका बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको उपस्थिती रहेको थियो ।

नक्सांकन गरिएको जग्गालाई संरक्षण गरि छिट्टै भवन निमार्णको पहल थालिने अध्यक्ष मिश्रले बताए । उनका अनुसार अहिले तत्काल सो जग्गाको संरक्षणका लागि चारैतिर तारजाली सहितको बाउण्ड्री वाल र गेट निमार्ण गरिने छ ।

संघको कार्यालय भवनका लागि विगत लामो समयदेखि खोजी गर्ने क्रममा जग्गादाता बर्माले जग्गा उपलब्ध गराए पनि उक्त जग्गामा नाप नक्सांकनको काम शुक्रबार मात्रै कार्यन्वयनमा आएको छ । संघको भौतिक पुर्वाधारका लागि जग्गा उपलब्ध गराउने बर्मालाई संघले विशेष धन्यवाद दिएको छ ।

संघको पञ्चवर्षिय योजना अन्र्तगत अत्याधुनिक कार्यालय भवन निमार्ण, अवधी संग्रहालय, कन्फ्रेन्स हल, बैठक कक्ष, अवधी लाइब्रेरी, सुविधा सम्पन्न गेष्ठ हाउस, पार्किङ्गसहितको भौतिक संरचना निमार्ण गरिने संघले जनाएको छ ।

यसैगरि बर्माले ५० हजारको आफनो बुवाआमाको नाममा शिक्षा पत्रकारिता पुरस्कार कोष समेत स्थापना गरेका छन् । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा स्थापना भएको संघको केन्द्रीय कार्यालय नेपालगन्जमा रहेको छ । भने बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तु, नवलपरासी, रुपन्देही र कठमाण्डौ जिल्लामा शाखा समेत स्थापना भईसकेको छ ।