मानव अधिकारसंग जोडिएका सवालको अवस्थाबारे संयुक्त अनुगमन


मानव अधिकारसंग जोडिएका सवालको अवस्थाबारे संयुक्त अनुगमन

नेपालगन्ज : बर्दिया बढैयाताल गाउँपालिकाको विभिन्न वडामा लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणको अवस्थाका बारेमा संयुक्त अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा वडा नम्रब ५ र ६ मा लैङ्गिक तथा घरेलु हिंसाबाट पीडित २ जना महिलालाई न्यायिक सहजिकरणमा मेलमिलाप गरेको पाइएको छ ।

यसैगरि अन्य पीडित महिलाहरुका मुद्दा, नागरिकता लगायतका घटनाका समस्या समाधान भएको छ । पारस्पारिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको कार्यक्रमले हिंसाका घटनामा न्यूनीकरण तथा स्थानीय तह न्यायिक समितीमार्फत विवाद समाधान भएको हो ।

संस्थाले न्यायिक समितिका पदाधिकारी तथा स्थानीय नागरिकलाई मानवअधिकार र कानूनका बारेमा क्षमता अभिबृद्धि गरेपछि विवाद समाधान तथा मानवअधिकारका सवाललाई सहजिकरण गर्न सहयोग मिलेको गाउँपालिका उपाध्यक्ष दीपा गौतमले जानकारी दिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

संस्थाले बाँके र बर्दियामा शिक्षा, स्वास्थ्य, लैगिक हिंसा, र मानवअधिकारको अवस्थामा बारेमा नियमित अनुगमन गरेको उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टले बताए । उनका अनुसार बाँकेको डुडुवा गाउँपालिकामा स्वास्थ्य, कृषि नरैनापुरमा स्वास्थ्य र बर्दियाको बढैयातालमा लैगिक हिंसाको अवस्थाका विषयमा अनुगमन गरिएको हो ।